घट्यो सुनचाँदीको मूल्य

होमल्याण्ड खबर

२०८३ आश्विन २८ गते, बुधबार ११:३० मा प्रकाशित

नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको मूल्य घटेको हो । मंगलबारको तुलनामा बुधबार (असोज २८) छापावाल सुनको मूल्य २ हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको छ । मंगलबार २ हजार २०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको थियो ।

सोमबार २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको सुनको मूल्य आइतबार भने ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ थियो । सोमबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ थियो ।