२९ आश्विन २०८३, बिहीबार
साताको कारोबारको पाँचौँ दिन बिहीबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज प्रतितोला ११ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


त्यस्तै, चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले घटेर प्रतितोला ४०३५ रुपयाँमा कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४७ हजार २ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३४५९.५ रुपैयाँमा कारोबार भईरहेको छ ।