२ मंसिर २०८३, मंगलवार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संरक्षणमा विचौलियाको साम्राज्य चलाएको आरोप लागेका इनम सापकोटाको नाम जोडेर फेसबुकमा स्टाटस लेखेका एक युवा मृत फेला परेका छन्
झापा जिल्ला प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काका अनुसार खतिवडा घरको दोस्रो तलामा रहेको भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


मृत्यु हुनुअघि खतिवडाले सामाजिक सञ्जाल फेसबुकमा दुईवटा स्टाटस लेखेको पाइएको छ। तीन दिनअघि लेखिएको पहिलो स्टाटसमा उनले आफ्नो जीवनमा लागेको आरोप र त्यसले परिवारमा पारेको असरबारे उल्लेख गरेका छन्।
उनले आफूविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न आरोप लगाइएको भन्दै आफ्नो परिवारको कुनै दोष नरहेको बताएका छन्। स्टाटसमा उनले बुबाको प्रतिष्ठामा आँच पुर्याउने गरी आरोप लगाइएको उल्लेख गर्दै आमा, बुबा र परिवारका सदस्यसँग माफीसमेत मागेका छन्।

खतिवडाको फेसबुक स्टाटस
त्यस्तै, मृत्यु हुनुभन्दा अघिल्लो दिन लेखिएको अर्को स्टाटसमा उनले आफ्नो गल्तीको सजाय परिवारले भोग्नुपरेको उल्लेख गरेका छन्। सबैसँग क्षमा माग्दै आफूलाई माया गर्ने र साथ दिनेहरूप्रति आभार व्यक्त गरेका छन्।
तर, एसपी वसुन्धरा खड्काले उनी मानसिक रोगी रहेको र उनले उक्त रोगको औषधी प्रयोग गर्दै आएको बताइन् । उनका अनुसार हालसम्मको अनुसन्धानले खतिवडाको इनमसँग कुनै पनि संलग्नता नरहेको पाइएको छ ।
