ओलीको उद्घोष : ‘एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ, समृद्धि ल्याएरै छोड्छ’

होमल्याण्ड खबर

२०८३ मंसिर ३ गते, बुधबार १५:१४ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी मूल ढोकाबाटै सिंहदरबार प्रवेश गर्ने र देशमा समृद्धि ल्याएरै छाड्ने दाबी गरेका छन्।

ओलीले एमालेको राजनीतिक यात्रालाई कमजोर नआँक्न चेतावनी दिँदै पार्टीले आगामी दिनमा मुलुकको नेतृत्व गर्दै विकास र समृद्धिको लक्ष्य पूरा गर्ने बताएका हुन्।

उनको अभिव्यक्तिले एमाले आगामी राजनीतिक प्रतिस्पर्धामा पुनः सत्ताको नेतृत्वमा पुग्ने लक्ष्यसहित अघि बढिरहेको संकेत गरेको छ।

‘हेक्का रहोस्, एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ र समृद्धि ल्याएरै छोड्छ,’ ओलीले भने।