९ मंसिर २०८१, आईतवार
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २ – १ गोल अन्तरले पराजित गरेको हो ।
बेटिसको मैदानमा रियललाई जित दिलाउन लुका मोड्रिच र ड्यानी सेबालोसले एक एक गोल गरे । बेटिसका सर्जियो कानालेसले एक गोल फर्काए ।
घरेलु टोलीविरुद्ध खेलको १३ औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६७ औं मिनेटमा बेटिसका सर्जियो गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ८८ औं मिनेटमा सेबालोसले गोल गर्दै रियललाई २ – १ को महत्वपूर्ण जित दिलाए ।
जितसंगै रियलले १९ खेलबाट ३३ अंक जोडेको छ । रियल लिगको चौथो स्थानमा छ । रियलले तेस्रो स्थानको सेभियासंग अंक बराबरी समेत गरेको छ । बेटिस २६ अंक जोडेर सातौं स्थानमा छ ।
ला लिगा अन्तर्गत नै तेस्रो स्थानको सेभिया एथ्लेटिको बिल्बाओसंग २ – ०ले पराजित भएको छ ।