८ मंसिर २०८१, शनिबार
चौधरी ग्रुपअन्तर्गतको ब्रान्ड सीजी मोबाइलस्ले ब्लेजजी नामक नया“ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले जनाएअनुसार ब्लेज सिरिजअन्तर्गत ल्याइएको यस नया“ मोडलको मूल्य ५ हजार ६ सय ९९ रुपैयाँ तोकिएको छ । फोनमा उत्कृष्ट क्यामरा र राम्रो डिजाइन रहेको पनि कम्पनीले शुक्रबार निकालेको विज्ञप्तिमा जनाएको छ । फोनमा राम्रो तस्बिरका लागि ५.० मेगा पिक्सेलको रियर क्यामरा छ र सेल्फीका लागि एलईडी लैस भएको २.० मेगा पिक्सेलको फ्रन्ट क्यामरा छ । अरू विशेषता जस्तै अटो एचडीआर, पानारोमा, फेस ब्युटी, अटो सिन डिटेक्सन, अटो नाइट मोड, सिन फ्रेम आदि छन् ।
यो फोनमा ४ इन्चको डिसप्ले र २.५ डि कर्भड ग्लास प्यानल रहेको हुँदा यो फोन हेर्दा आकर्षक र चलाउ“दा झन् उल्लेखनीय छ । ब्लेज जीमा क्वाडकोर प्रोसेसर, १ जिबी र्याम, ८ जीबी रोम छ । यसमा ३२ जीबीसम्मको थप मेमोरी राख्न सकिनेछ । यी विशेषताले गर्दा फोनमा राम्रा भिडियो सजिलै हेर्न सकिन्छ । यो विधाका फोनहरूमा गुगल मान्यता प्राप्त एन्ड्रोइड प्रणाली रहेको ब्लेजजी नेपाली बजारमा ल्याइएको प्रथम फोन हो ।