९ मंसिर २०८१, आईतवार
अन्तरिक्ष भ्रमणमा जान चाहनेहरुको लागि अब रकेटको “फर्स्ट लुक” सार्वजनिक भएको छ । उक्त रकेटको नाम स्टारसिप रहेको छ।
मानिसलाई मंगल ग्रहमा लैजाने महत्वकांक्षी योजना बोकेका अमेरिकी रकेट निर्माता कम्पनी स्पेश एक्सका सीईओ एलोन मस्कले रकेटको (प्रोटोटाइप) सार्वजनिक गरेका हुन् ।
स्टिल कलरमा पेन्ट गरिएको उक्त रकेटले कुनै दिन मानिसलाई पृथ्वीबाट चन्द्रामा र चन्द्रामादेखि मंगल ग्रहमा लैजाने सो रकेटको परीक्षण उडान गर्ने तयारी भइरहेको मस्कले जनाएका छन्।
रकेटको पहिलो टेस्ट फ्लाइट केही सातामा अमेरिकाका टेक्सास राज्यमा हुने बताइएको छ।
फिजिक्स डट ओरजीले भविष्यमा यही मोडलको रकेटले मानिसलाई बोक्ने भएपनि मस्कले सार्वजनिक गरेको (प्रोटोटाइप) केही छोटो रहेको जनाएको छ।