९ मंसिर २०८१, आईतवार
एजेन्सी । औसमाने डेम्बेलेको २ तथा लियोनल मेसीको १ गोलप्रेरित बार्सिलोनाले बिहीबार लेभान्टेलाई ३-० ले हराउँदै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा २-१ ले पराजित भएको स्थिति उल्टाउँदै बार्सिलोनाले समग्रमा ४-२ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो ।
पहिलो हाफमा डेम्बेलेले दुई गोल गर्ने बित्तिकै बार्सिलोनाले समग्रतामा अग्रता थिएको थियो । घरेलु मैदान नोउ क्याम्पमा दोस्रो हाफमा मेसीकै अर्को गोल थपेपछि बार्सिलोना सहज जित निकाल्न सफल भएको हो ।
पछिल्लो पाँच खेलमा मेसीको यो सातौं गोल हो । यद्यपि पहिलो लेगमा अनुचित खेलाडी खेलाएका कारण बार्सिलोना प्रतियोगिताबाट बहिरिने सम्भावना पनि छ । बर्सिलोनाले दुई पहेँलो कार्डका करण निलम्बनमा परेका रक्षक हुवा ब्रान्डारिजलाई खेलाएको लेभन्टेको आरोप छ । लेभन्टेले स्पेन फुटबल संघमा निवेदन दिइसकेको छ । बी डिभिजन लिगमा सेगुन्डाबिरुद्ध बार्सिलोना ‘बी’ टिम बाट खेल्दा ब्रान्डारिजले पहेलो कार्डको सामना गरेका थिए ।
नोभेम्बरमा गरिएको नियम परिवर्तनका कारण कोपा डेल रेमा निलम्बन लागु नहुले बार्सिलोनाले जनाएको छ । २०१५ मा अनुचित खेलाडी खेलाएका कारण रियाल मड्रीड प्रतियोगिताबाट बहिरिएको थियो ।
बिहीबारै इस्पान्योलले भिल्लारियललाई ३–१ तथा समग्रमा ५-३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ । अर्का खेलमा रियाल बेटिसले रियाल सोसिडाडलाई अवे गोलमा पछि पार्दै क्वाटरफाइनलमा स्थान बनायो । रियाल सोसिडाडको मैदानमा रियाल बेटिसले २–२ को बराबरी खेलेको थियो ।