९ मंसिर २०८१, आईतवार
थाइल्याण्डमा जारी महिला टी–ट्वान्टी स्म्यासमा ईन्डोनेसियालाई हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान बैंककमामा भएको पहिलो सेमिफाईनलको खेलमा ईन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाईनल प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १२० रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले ४८ रनमा रन, इन्दु बर्मा ३७ रनमा अविजित रहिन् भने काजल श्रेष्ठले १४ रन बनाईन् ।
जवाफमा इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । इन्डोनेसियाकी युलियाले सर्वाधिक १३ रन बनाइन् । त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो ।
नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए ।
प्रतियोगितामा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । इन्डोनेसिया समूह बी को उपविजेता बनेको थियो ।
अब नेपालले शनिबार हुने फाइनल खेलमा आजै हुने दोस्रो सेमिफाइनल थाइल्याण्ड र युएईबीचको विजेतासँग खेल्नेछ ।