९ मंसिर २०८१, आईतवार
लिग वानमा गुईनग्याम्पमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले गुईनग्याम्पलाई ९–० गोल अन्तरले पराजित गर्दै कीर्तिमानी जित निकालेको हो ।
पीएसजीका लागि किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरेका छन् । त्यस्तै नेयमारले २ गोल र थोमस म्युनियरले पनि १ गोल गरे ।
दश दिन अगाडी भएको खेलमा गुईनग्याम्पसँग २–१ ले पराजित हुँदै पीएसजी फ्रेन्चबाट बाहिरिएको थियो । तर घरेलु मैदानमा भएको खेलमा कीर्तिमानी अन्तरले पराजित गर्दै पीएसजीले हारको बदला लिन सफल भएको छ ।
खेलको ११ औं मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता लिएको थियो ।
३७ औं र ४५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
काभानीले ५९औं, ६६ औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६८ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो गोल थपे । ८० औं मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरे । मुनिरले ८३ औं मिनेटमा गोल गर्दै टोलीलाई कीर्तिमानी जित दिलाए ।
शीर्ष स्थानको पीएसजीले १९ खेलबाट ५३ अंक जोडेको छ । पराजित गुईनग्याम्प १४ अंक सहित तालिकाको पुछारमा छ ।