सानेपा हाइटमा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

होमल्याण्ड खबर

२०७५ माघ ६ गते, आईतवार १५:५१ मा प्रकाशित

काठमाडौंको सानेपामा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान करिब साढे ५ बजे सानेपा हाइटमा दुर्घटना हुँदा उक्त घटना घटेको हो ।

मृत्यु हुनेमा गोर्खा भिमसेन गाँउपालिका ३ का नारायण खनाल रहेका छन् । उनी अन्दाजी ३५ बर्ष उमेरका छन् । खनाल एक सहकारीमा गार्डकारुपमा कार्यरत थिए । ड्युटी सकेर घर फर्कने क्रममा उनलाई बा ११ च २६७४ नम्बरको कारले ठक्कर दिएको हो ।

बिहान हुस्सुले अगाडि केही नदेखिएको अवस्थामा पैदल यात्री खनाल गाडी देखेर दौडीएपछि घटना भएको भनीएता पनि अहिले सम्म बिस्तृत जानकारी आउन नसकेको मृतकका आफन्तले बताएका छन् ।