९ मंसिर २०८१, आईतवार
थाइल्याण्डमा आयोजना हुने सन् २०२० को एएफसी यू–२३ च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।
एशियन फुटबल फेडेरेसन (एएफसी) ले गएराति सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल ओमानसँग खेल्ने भएको हो।
आगामी मार्च २२ कतारमा हुने छनोटको पहिलो खेलमा नेपालले ओमानसँग पहिलो खेल खेल्नेछ। त्यसै गरि दोस्रो खेल कतारसँग २४ मार्चमा खेल्नेछ र अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्ने बताएको छ ।
च्याम्पियनशिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन्। जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ।
फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ।
नेपाल पहिलो चरणबाटै आउट हुँदै आएको छ। यस पटक कठिन समूहमा रहेको कारण नेपालको दोस्रो चरणको सम्भावना निकै कठिन रहेको छ।