८ मंसिर २०८१, शनिबार
टीभीएस मोर्टसको नेपालका लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टीभीएसको उत्पादन ‘अल न्यू टीभीएस जुपिटर क्लासिक’ बजारमा ल्याएको छ । कम्पनीले एभरेस्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो ।
एभरेस्ट प्रिमियर लिगको फाइनलमा भैरहवा ग्लाडिएटर र विराटनगर वारियरबीच फाइनल खेल विराटनगरले जितेको थियो । टीभीएस एभरेस्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको थियो । टीभीएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै फिचरहरूको अपग्रेड गरेको छ भने, यसले ग्राहकको चाहनालाई पूरा गर्ने विश्वास कम्पनीको छ । चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टीभीएस जुपिटर सडकमा समेत निकै आकर्षक देखिन्छ । यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट यूएसबी चार्जर, आरामदायी सिटलगायतका सुविधा छन् ।
टीभीएस जुपिटर क्लासिक पूरै आल्मुनियम बढी, ११० सीसी इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सिलेरेसन र निकै फियुल इफिसेन्सी छ । पूर्णत मेटल बढीमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देखिने दाबी कम्पनीको छ । चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुवैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले हाम्रो अर्थ व्यवस्थामा सहयोग पुग्छ । नेपाली बजारमा स्कुटरका उपभोक्ता बढेसँगै विभिन्न कम्पनीले नयाँ मोडलका स्कुटर सार्वजनिक हुने क्रम बढ्दो छ । टीभीएस जुपिटर क्लासिकको मूल्य १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।