चिलिमे–त्रिशूलीको प्रसारणलाइन बनाउन वनले रोक्यो

होमल्याण्ड खबर

२०७५ माघ ९ गते, बुधबार १५:४७ मा प्रकाशित

चिलिमे–त्रिशूलीमा प्रसारणलाइनको टावर निर्माणका लागि वन कार्यालय रसुवाले रोक लगाएको छ ।

२२० केभी प्रसारणलाइन विस्तार कार्यमा उक्त वन क्षेत्रको जग्गा प्रयोग गर्न नदिने भन्दै वन कार्यालयले रोक लगाएको हो ।

सो विस्तार आयोजनाले त्यहाँ रहेका रुखबिरुवा काट्न स्वीकृति नलिएको र रुख नभएको भन्दै नाङ्गो डाँडामा टावरको काम गर्न नहुने वन कार्यालयले जनाएको छ ।

जग खन्न सुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत्   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् ।

समयमै प्रसारण लाइन बनाउन नसके निर्माण भइरहेको विद्युत् आयोजनाको करिव १ सय ७० मेगावाट बिजुली खेर जाने विद्युत् प्राधिकरणले बताएको छ ।

नाङ्गो डाँडामा समेत काम गर्न नपाउँदा प्रसारण लाइनको निर्माणमा ठुलो अवरोभ सृजना भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले २७ किलोमिटर प्रसारणलाइन आयोजनाको निर्माण यसै आर्थीक वर्षमा सक्ने लक्ष्य लिएको छ ।