आजको मौसम : आंशिक बदली र हल्का वर्षाको सम्भावना

होमल्याण्ड खबर

२०७५ माघ १० गते, बिहीबार ११:३६ मा प्रकाशित

आज मुलुकभरको मौसममा बदली हुनाका साथै पश्चिमी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ।

शुक्रबार पनि देशको विभिन्न भागमा बदली हुने र प्राय पश्चिमी क्षेत्रलगायत अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना पनि देखिन्छ।शनिबार पनि मौसममा बदलीका साथै हल्का वर्षाको सम्भावना रहेको र हिमाली भेगका केही स्थानमा हिमपात हुनसक्ने बताइएको छ। रासस