९ मंसिर २०८१, आईतवार
एजेन्सी । लगातार चार वर्षसम्म कोपा डेल रेमा आफ्नो प्रभुत्व कायम गरेको बार्सिलोना बुधबार राति क्वार्टरफाइनलको पहिलो लेगमा सेभियासँग २–० ले पराजित भएको छ ।
खेलको ५८औं मिनेटमा पावलो सराबियाको गोलमा घरेलु टोली सेभियाले अग्रता बनाएको थियो । सावियाले क्विन्सी प्रोम्सको क्रसमा गोल गरेका हुन् । विसम वेन एडरले ७६औं मिनोटमा टोलीको अग्रता दोब्बर बनाए । उनले इभर बेनेगाले होनको प्रहार फर्किएर आएको बलालाई एडरले गोलमा परिणत गरेका हुन् ।
बार्सिलोनाले लियोनल मेसीलाई आरम दिएको खेलमा भर्खरै लोनमा टिममा आवद्ध गरेका केभिन प्रिन्स बोएटेङलाई डेब्यू गराएको थियो । तर उनलाई दोस्रो हाफमा लुइस स्वारेजले प्रतिस्थापन गरेका थिए ।
बार्सिलोनाले यसअघि ४ पटक स्पेनिस कप जितेको थियो । त्यसमध्ये २ पटकको फाइनलमा सेभियालाई पराजित गरेको थियो । बार्सिलोनाले सेभियालाई २०१६ को फाइनलमा २—० तथा २०१८ को फाइनलमा ५—० ले हराएको थियो । बार्सिलोना पछिल्लो पटक २०१२÷१३ को सिजन फाइनलमा स्थान बनाउन असफल भएको थियो ।