शहीद दिवसका दिन सार्वजनिक बिदा हुने

होमल्याण्ड खबर

२०७५ माघ १० गते, बिहीबार १३:५० मा प्रकाशित

प्रदेश नम्बर ३ को सरकारले आउँदो माघ १६ गते शहीद दिवसको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पछिल्ला केही वर्षमा संघ सरकारले बिदा कटौतीको निर्णय गरेसँगै शहीद दिवसको बिदा पनि कटौती भएको थियो ।

प्रदेशस्तरमा सार्वजनिक बिदा दिने ३ नम्बर प्रदेश सरकारको पहिलो निर्णय बुधबार गरेको हो ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले शहीदको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेका प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।