९ मंसिर २०८१, आईतवार
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधिमण्डलबीच विहीबार भेटवार्ता भएको छ । जापानको कृषी तथा वन मन्त्रालयका अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले उर्जा मन्त्रालयमा भेटवार्ता गरेको उनको निजी सचिवालयले जनाएको छ ।
भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रती धन्यवाद ज्ञापन गरेका थिए ।
उनले उर्जा र जलस्रोत मन्त्रालय मातहतका विभिन्न आयोजनामा जापानले गर्दै आएको प्राविधिक र आर्थिक सहयोगप्रती धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुने विश्वास व्यक्त गरेका थिए ।