९ मंसिर २०८१, आईतवार
इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथद्वारा चेल्सी पराजित भएको छ ।
बुधबार राति भएको खेलमा बर्नमाउथद्वारा चेल्सी ४–० गोल अन्तरले पराजित भएको हो
बर्नमाउथका लागि जोसुवा किङले दुई तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक एक गोल गरे ।
खेलको ४७ औं मिनेटमा किङले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाए । ६३ औं मिनेटमा डेभिड ब्रुक्सले गोल गर्दै अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा किङले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि बर्नमाउथ ३–० ले अघि रह्यो ।
इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा चार्लीले गोल गर्दै बर्नमाउथले चेल्सीलाई ४–० को लज्जास्पद हार चखाए ।
हारसँगै चेल्सी पाँचौ स्थानमा झरेको छ । समान खेलबाट समान ४७ अंक रहेपनि चेल्सी गोल अन्तरमा आर्सनलसँग पछि परेको हो । बर्नमाउथ ३३ अंक जोडेर १० औं स्थानमा छ ।
बुधबार राति नै भएको अन्य खेलमा टोटनह्यामले वाट्फोर्डलाई २–१ गोल अन्तरले हराएको छ । जितपछि टोटनह्यामले २४ खेलबाट ५४ अंक जोडेको छ ।
क्रिस्टल प्यालेस र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।