डा. केसीको जीवन रक्षाको माग गर्दै आज काठमाडौंमा प्रदर्शन

होमल्याण्ड खबर

२०७५ माघ १७ गते, बिहीबार १५:४८ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर आमरण अनसनमा बसिरहेका डा. गोविन्द केसीको समर्थन तथा उनको जीवन रक्षाको माग गर्दै चिकित्सक संघलगायत विभिन्न संस्थाहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेको थियो । डा. केसी २३ दिनदेखि शिक्षण अस्पतालमा महाराजगञ्जमा अनसनरत छन्। उपचारमा संगल्ग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था जोखिममा छ ।