२९ फाल्गुन २०८२, शुक्रबार
डा. केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विरोध प्रदर्शन गरिरहेका चिकित्सकहरु गिरफ्तारमा परेका छन्।
शुक्रबार आकस्मिकबाहेकका सबै सेवा अवरुद्ध गरी आन्दोलनमा उत्रिएका उनीहरुको जुलुस राट्रपति कार्यालय सितल निवासतर्फ बढ्न थालेपछि प्रहरीले गिरफ्तार गरेको हो ।


१७ चिकित्सकहरू गिरफ्तारमा परेको र उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डप लगिएको डा. बद्री अर्यालले जानकारी दिए ।
प्रकाउ पर्नेमा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा. सुमित पान्डेसहित डाक्टरहरू बद्री अर्याल, विशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, सिद्धार्थ भन्डारी, उपमा श्रेष्ठ, कविता मानन्धर, राजन लामिछाने लगायत रहेका छन्।
१६ औं चरणको अमरण अनसनमा बसेको २४ औं दिनपुग्दासम्म पनि सरकारले केसीका माग सम्बोधन गर्न कुनै पहल नगरेको भन्दै बिहीबार बसेको चिकित्सक संघको बैठकले आज आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेर आनदेलनमा उत्रिने जानकारी दिएको थियो ।