टि–२० क्रिकेटः युएईद्वारा नेपालसामू १०८ रनको लक्ष्य प्रस्तुत

होमल्याण्ड खबर

२०७५ माघ १८ गते, शुक्रबार १६:३२ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दोस्रो टि-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा युएईले नेपाललाई जितका लागि १०८ लक्ष्य दिएको छ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा अलआउट हुँदै नेपाललाई  १०८ लक्ष्य दिएको हो ।

युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । युएईका ७ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका अविनास बोहराले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले २/२ विकेट लिए ।

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।