भारतका लागि नेपालका राजदूतमा निलाम्बर आचार्य

होमल्याण्ड खबर

२०७५ माघ २० गते, आईतवार १६:२७ मा प्रकाशित

निलाम्बर आचार्य भारतका लागि नेपाली राजदूतका रुपमा नियुक्त भएका छन्।

आइतबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको आवासीय राजदूत पदमा आचार्यलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको छ।’

संसदीय सुनुवाइबाट समेत अनुमोदन भइसकेका आचार्यको नियुक्ति बाँकी थियो।