२९ फाल्गुन २०८२, शुक्रबार
काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।
महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको कामपाले जनाएको छ ।


नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन गर्दै काठमाडौंको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिने बताइएको छ।
विद्यालय व्यस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यो व्यवस्था गर्न लागेको हो। छनोट गरेको पाँच विषयवस्तुमध्ये कुनै एक विषय इच्छानुरूप विद्यालयले गर्न सक्छ। उक्त पाठ्यक्रम अनुसार एक विषय १०० पूर्णाङ्कको हुनेछ।