९ मंसिर २०८१, आईतवार
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु समग्र नेपाली क्रिकेटरका लागि गौरवको कुरा भएको बताएका छन्।
युएईविरूद्धको टी ट्वान्टी र एक दिवसीय सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत क्रममा पारसले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै धुर्मुस-सुन्तलीले बनाउने रंगशाला बनोस् भन्ने हाम्रो चाहना भएको बताएका छन् ।
एक दिवसीय सिरिज जितमा सबै खेलाडीको सामूहिक प्रदर्शनले यो सफलता सम्भव भएको भन्दै उनले भनेका छन्, ‘रंगशाला बनोस् भन्ने हाम्रो चाहना हो, यो नेपाली खेलकुदका लागि राम्रो हुन्छ,’
उनले अब केही समयपछि आइसीसीका प्रतिनिधि नेपाल आएर त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने भन्दै नेपालमै पनि ओडिआइ हुनसक्ने बताएका छन्।
विमानस्थलमा बोल्दै उनले आइसीसीका प्रतिनिधिहरू केही दिनपछि नेपाल आउनेछन् र हाम्रो मैदानको अवलोकन गर्नेछन्। यदि उनीहरूले यहाँ एक दिवसीय खेल खेलाउन सकिन्छ भन्ने सुझाव दिए नेपालमै केही ओडिआइ खेलहरू हुन सक्ने बताएका छन् ।