३० कार्तिक २०८१, शुक्रबार
युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दुई महत्वपूर्ण शृंखला जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंगलबार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।
प्रचण्डले क्रिकेट खेलाडीलाई मंगलबार बिहान खुमलटारस्थित आफ्नै निवासमा बोलाएर भेटेका हुन् । भेटका क्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै खेलाडीलाई बधाई तथा शुभकामना दिए ।
“देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको छ,” भेटका क्रममा प्रचण्डले भने । उनले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने अन्तर्रा्ष्ट्रिय रंगशालाबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने बताए । प्रचन्डले आफ्नो तर्फबाट क्रिकेटको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने बताए ।