नेपाल टेलिकमको प्रिपेड फोन अब विदेशमा पनि चल्ने

होमल्याण्ड खबर

२०७५ माघ २३ गते, बुधबार १४:१५ मा प्रकाशित

नेपाल टेलिकमका प्रिपेड फोन अब विदेशमा पनि चल्ने भएको छ । यसको मतलब तपाईसँग नेपाल टेलिकमको प्रिपेड फोन छ भने त्यो फोन विदेशमा पनि चल्छ ।

यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा प्रयोग गर्न पाउँथे । टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा आजदेखि प्रिपेड फोनमा पनि रोमिङ कलको शुरुवात गरेको हो । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यो सेवाको शुभारम्भ गरे ।

प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने भएका छन् । मोवाइलमा जति ब्यालेञ्च छ सो बराबरको सेवा उपयोग गर्न पाउने गरी नेपाल टेलिकमले प्रिपेडका प्रयोगकर्तालाई रोमिङको सुविधा दिएको हो ।

पोस्टपेडका प्रयोगकर्ताले भने १० हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । नेपाल टेलिकमले सन् २००१ बाट पोस्टपेडमा रोमिङ सेवा शुरु गरेको थियो । शुरुमा ३० हजार धरौटी राख्नुपर्ने भएपनि पछिल्ला वर्षहरुमा घटाएर १० हजार बनाइएको हो ।