पुँजीगत लाभकर तिर्न एनसेललाई सर्वोच्चको परमादेश

होमल्याण्ड खबर

२०७५ माघ २४ गते, बिहीबार १२:२० मा प्रकाशित

सर्वोच्च अदालतको पूर्ण इजलासले स्वामित्व बिक्रीमा पुँजीगत लाभकर तिर्न मोबाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेड र आजिएटाबाट असुल उपर गर्न परमादेश जारी गरेको छ ।

बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको पाँच जना न्यायाधीशको पूर्ण इजलासले एनसेलको लाभांश कर नेपाल सरकारलाई तिर्नुपर्ने फैसला गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानसहितको पूर्ण इजलासले सो फैसला गरेको हो ।
गत बिहीबारदेखि एनसेल लाभकर विवादको अन्तिम सुनुवाइ सुरु भएको थियो ।