सिन्धुलीमा जीप दुर्घटना ५ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७५ माघ २४ गते, बिहीबार १३:२२ मा प्रकाशित

सिन्धुलीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा१५च९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको हो।

दुर्घटनामा ४ महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेका कुन्तमान तामाङ, अनिता महत, तिलमाया विक, लक्ष्मी बिक, शान्तामाया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जीपमा सवार ७ जना घाइते भएका छन् ।

गम्भीर घाइतेमध्ये ४ जनालाई उद्धार गरी धुलीखेल अस्पताल पठाइएको छ भने ३ को खुर्कोटस्थित सामुदायिक अस्पताल उपचार भइरहेको छ।

सिन्धुलीमाडीतर्फ गइरहेको जीप सडकबाट करिब ५ सय मिटर खसेको हो ।