राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

होमल्याण्ड खबर

२०७५ माघ २५ गते, शुक्रबार १६:०१ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

शुक्रबार भण्डारीले बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार, संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि आएका ती विधेयक नेपालको स.विधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको छ ।