‘भ्यालेन टाइन’को अवसरमा सौराहामा “फुड फेष्टिवल” सुरु

होमल्याण्ड खबर

२०७५ माघ २८ गते, सोमबार १३:१८ मा प्रकाशित

प्रेम दिवसको अवसर पारेर चितवनको पर्यटकीय स्थल सौराहामा १३ औँ सौराहा “फुड फेष्टिवल” आजदेखि सुरु हुने भएको छ ।

रत्ननगर ७ स्थित सिसुवार चौरमा सोमबार दिउँसो २ बजे पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले “फुड फेष्टिवल” मा शोभा यात्रा निकालिने छ । शोभायात्रा सौराहास्थित राप्ती नदी किनारबाट सुरु हुनेछ । राप्ती किनार हुँदै गैंडा चोक, हात्तीचोक,चराचोक हुँदै फेष्टिवल स्थलमा पुग्ने छ ।

यात्रामा करिब ३ हजार जना सहभागी हुने संयोजकले जानकारी दिएका छन् । रेवान सौराहाले प्रत्येक वर्ष प्रेम दिवसको अवसर पारेर आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यमा फेष्टिवल आयोजना गर्दै आएको छ ।