विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरु सडकमा

होमल्याण्ड खबर

२०७५ माघ २८ गते, सोमबार १४:५५ मा प्रकाशित

सरकारी चिकित्सकहरुले विरोधमा उत्रिएका छन् ।

सोमबार संघीय निजामती सेवा विधेयकको विरोधका साथै शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

वीर अस्पतालबाट निकालेको विरोध र्याली माइतिघर पुगेको थियो । माइतिघरबाट प्रहरीले अघि बढ्न नदिएपछि स्वास्थ्य मन्त्रालयसम्म पुग्ने उनीहरुको योजना सफल भएको छैन । उनीहरु आइतबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिँदा पनि धरपकडमा परेका थिए ।

र्‍यालीमा सहभागीहरुले ‘सरकारी चिकित्सकहरुलाई गाउँ गाउँमा पठाउ तर केन्द्र सरकार मातहतमा नचलाउ’, ‘यति तल नझर सौतेली व्यवहार नगर’ जस्ता प्लेकार्ड बोकेका थिए ।

संघले विगतमा सरकारसँग गरिएको सहमति विपरित समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको बताएको छ ।