पीएसजीले म्यान्चेष्टर युनाईटेडलाई हरायो

होमल्याण्ड खबर

२०७५ फाल्गुन १ गते, बुधबार ११:५९ मा प्रकाशित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्रि क्वार्टरफाईनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले म्यान्चेष्टर युनाईटेडलाई हराएको छ ।

मंगलबार राति युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा पीएसजीले २–० को जित निकालेको हो ।

पीएसजीका लागि प्रिस्नेल किम्पेम्बे र केलियन एम्बाप्पेले एक एक गोल गरे ।

खेलको ५३ औ मिनेटमा किम्पेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा मारियाको सटिक पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए ।

खेल सकिन एक मिनेट अगाडी पाउल पोग्बा दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाईटेड १० खेलाडीमा सिमित बनेको थियो ।

दोस्रो लेग मार्चको पहिलो सातामा पीएसजीको घरेलु मैदानमा हुनेछ ।