१० मंसिर २०८१, सोमबार
तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा ज्ञानेन्द्र काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराएर काठमाडौंले दोस्रो जित निकालेको हो ।
काठमाडौंले दिएको १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ शरद भेषावकरको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाउन सक्यो ।
महेन्द्रनगरका लागि कप्तान शरद भेषवाकरले २३ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
काठमाडौंको लागि अंकित दबास ६५ र योगेन्द्र सिंह कार्की २२ रन बजाउँदै अविजित रहे भने कप्तान ज्ञानेन्द्र मल्ल १४, महेबुब आलमले १३, सोनु तामाङ र गौरव तमोर १र१ रनमा पेभेलियन फर्कदा अनिल कुमार साहले ६ रन बनाए ।
महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १/१ विकेट लिए
काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो ।