२९ फाल्गुन २०८२, शुक्रबार
सामाजिक सञ्जाल नियन्त्रण गर्न सरकारले ल्याउन लागेको ऐनप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।
विहीबार युनियनका महासचिब अजयबाबु शिवाकोटीले एक विज्ञप्ती जारी गर्दै ऐन मार्फत सामाजिक सञ्जालमा नियन्त्रण गर्न खोज्ने सरकारको कदम प्रतिगामी सोचबाट आएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।


विज्ञप्तीमा भनिएको छ, ‘आम नागरिकको जीनपद्धती नै बनिसकेको सामाजिक सञ्जालमा नियन्त्रण गर्न खोज्ने सरकारको कदम असल नियतबाट नभइ अधिनायकवादी सोचबाट आएको प्रतिगामी कदम हो । सरकारको यो कदम संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्नेतर्फ उद्यत छ ।
सरकारको यस्तो पछिल्लो तयारीले कुनै दिन हामी नागरिकको मुख समेत थुन्न आउन सक्छौ भन्ने दम्भको संकेत पनि सरकारले गरेको साथै अभिव्यक्ति स्वतन्त्रताको उच्चतम अभ्यास भइरहेको सामाजिक सञ्जालमा आँखा लगाएर सरकारले लोकतन्त्र मास्ने काममा सिलसिलेवार आक्रमण गरेको छ । यसबाट केपी ओली नेतृत्वको सरकारको नियत र चरित्र समेत प्रष्ट भएको छ, विज्ञप्तीमा भनिएको छ ।
युनियनले प्रतिगामी निर्णयको विरोध गर्न आम लोकतन्त्रप्रेमी र स्वतन्त्रताप्रेमीहरुलाई आग्रह गर्दै आआफ्नो ठाउँबाट सरकारको यस प्रयासको डटेर सामना गर्न आब्हान समेत गरेको छ । सरकारले हालैमात्र सामाजिक संजाल९फेसबुक, ट्विटर, भइबर, इन्स्ट्राग्रामलगायत०लाई नियमन गर्न कडा कानुन प्रस्ताव गरेको थियो ।