इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

होमल्याण्ड खबर

२०७५ चैत्र १८ गते, सोमबार १२:०३ मा प्रकाशित

एजेन्सीः इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ ।

आइतबार अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समयअनुसार आइतबार बिहान ७ बजे गएको हो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी हुन नसकेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको जनाइएको छ ।