९ मंसिर २०८१, आईतवार
एजेन्सीः इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
आइतबार अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समयअनुसार आइतबार बिहान ७ बजे गएको हो ।
भूकम्पबाट के कति क्षति भयो भन्ने बारे जानकारी हुन नसकेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको जनाइएको छ ।