९ मंसिर २०८१, आईतवार
एजेन्सीः इन्डोनेसियाको राजधानी जकार्ताबाट अन्यत्र सारिने भएको छ ।
हाल रहेको राजधानी जकार्ता समुद्रमा डुब्ने डर देखिएपछि इन्डोनेसियाका योजना मन्त्री बमव्याग ब्रोजेनेगोरोले यो घोषणा गरेका हुन् ।
मन्त्री बमव्यागले राष्ट्रपति जोको भिडोडोले एक महत्वपूर्ण फैसलामा राजधानीलाई अर्को स्थानमा लैजाने बारेमा बताएका छन् ।’
जकार्तामा १ करोड मानिसको बसोबास रहँदै आएको छ । नयाँ राजधानी कुन स्थानमा हुन्छ भन्ने बारेमा हालसम्म कुनै जानकारी दिइएको छैन ।
जकार्ता दलदली जमिनको किनारामा रहेको छ । जहाँ १३ नदीले एक–अर्कालाई पार गर्छन् ।
शोधकर्ताका अनुसार यो सहरको ठूलो हिस्सा सन् २०५० मा डुब्न सक्छ ।
उत्तरी जकार्ता प्रत्येक वर्ष औसत १ देखि १५ सेन्टिमिटरको दरमा डुबिरहेको छ ।