इन्डोनेसियाको राजधानी जकार्ता समुद्रमा डुब्ने डर देखिएपछि अन्यत्र सारिने

होमल्याण्ड खबर

२०७६ बैशाख २० गते, शुक्रबार १५:५४ मा प्रकाशित

एजेन्सीः इन्डोनेसियाको राजधानी जकार्ताबाट अन्यत्र सारिने भएको छ ।

हाल रहेको राजधानी जकार्ता समुद्रमा डुब्ने डर देखिएपछि इन्डोनेसियाका योजना मन्त्री बमव्याग ब्रोजेनेगोरोले यो घोषणा गरेका हुन् ।

मन्त्री बमव्यागले  राष्ट्रपति जोको भिडोडोले एक महत्वपूर्ण फैसलामा राजधानीलाई अर्को स्थानमा लैजाने बारेमा बताएका छन् ।’

जकार्तामा १ करोड मानिसको बसोबास रहँदै आएको छ । नयाँ राजधानी कुन स्थानमा हुन्छ भन्ने बारेमा हालसम्म कुनै जानकारी दिइएको छैन ।

जकार्ता दलदली जमिनको किनारामा रहेको छ । जहाँ १३ नदीले एक–अर्कालाई पार गर्छन् ।

शोधकर्ताका अनुसार यो सहरको ठूलो हिस्सा सन् २०५० मा डुब्न सक्छ ।

 उत्तरी जकार्ता प्रत्येक वर्ष औसत १ देखि १५ सेन्टिमिटरको दरमा डुबिरहेको छ ।