मतपरिणाम सुनेर कंग्रेस नेताको हृदयघातबाट मृत्यु

होमल्याण्ड खबर

२०७६ जेष्ठ ९ गते, बिहीबार १३:४० मा प्रकाशित

एजेन्सीः भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहँदा मतगणनास्थलमा एक कंग्रेस नेताको हृदयघातबाट मृत्यु भएको छ ।

मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कंग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएपछि मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यम पञ्जाव केशरीकाअनुसार, मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराब आएको र सँगै उनलाई हृदयघात भएको हो ।

उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बचाउन नसकेको बताइएको छ ।