१ मंसिर २०८१, शनिबार
एजेन्सीः भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहँदा मतगणनास्थलमा एक कंग्रेस नेताको हृदयघातबाट मृत्यु भएको छ ।
मतगणनाको अपडेट आउन थालेपछि सीहोर जिल्लाका कंग्रेस अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएपछि मृत्यु भएको हो ।
भारतीय सञ्चार माध्यम पञ्जाव केशरीकाअनुसार, मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा खराब आएको र सँगै उनलाई हृदयघात भएको हो ।
उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बचाउन नसकेको बताइएको छ ।