९ मंसिर २०८१, आईतवार
भारतीय चर्चित क्रिकेट खेलाडि युवराज सिंहले क्रिकेट जिवनबाट सन्यास लिएका छन् ।
१८ वर्षसम्म राष्ट्रिय टिमबाट क्रिकेट खेल्दै आएका उनले सोमबारदेखि औपचारीक रुपमा टी–२०, ओडिआई विश्वकप र टेष्टबाट नै सन्यास लिएका हुन् ।
भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका सिंह क्रिकेटका किंगको रुपमा परिचित छन् ।
यस्तै सन् २००७ मा भारतलाई टी २० विश्वकप जिताउन पनि उनको महत्वपूर्ण भूमिका थियो ।
उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी-२० खेलेका छन्।