१८ वर्षे किक्रेट करियरबाट सन्यास लिए भारतीय क्रिकेटर युवराज सिंहले

होमल्याण्ड खबर

२०७६ जेष्ठ २७ गते, सोमबार १५:४४ मा प्रकाशित

भारतीय चर्चित क्रिकेट खेलाडि युवराज सिंहले क्रिकेट जिवनबाट सन्यास लिएका छन् ।

१८ वर्षसम्म राष्ट्रिय टिमबाट क्रिकेट खेल्दै आएका उनले सोमबारदेखि औपचारीक रुपमा टी–२०, ओडिआई विश्वकप र टेष्टबाट नै सन्यास लिएका हुन् ।

भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका सिंह क्रिकेटका किंगको रुपमा परिचित छन् ।

यस्तै सन् २००७ मा भारतलाई टी २० विश्वकप जिताउन पनि उनको महत्वपूर्ण भूमिका थियो ।

उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी-२० खेलेका छन्।