१० मंसिर २०८१, सोमबार
अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी दुई नेपालीको समेत ज्यान गएको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षा जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीका गार्ड भएको बुझिएको छ ।
अफगानिस्तानमा भारतको दिल्ली दुतावासले हेर्ने गरेका कारण सूचनामा ढिलाई भएको छ । अमेरिका र विद्रोही तालिवानी समूहबीच सहमति भएको समयमै तालिवानी समूहले काबुलको ग्रीन भिलेज क्याम्पमा बम विष्फोट गराएको थियो ।
उक्त विष्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको थियो । ११९ जना घाइते छन् ।