काबुल विस्फोटमा परी दुई नेपालीको मृत्यु

होमल्याण्ड खबर

२०७६ भाद्र १८ गते, बुधबार १०:४१ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी दुई नेपालीको समेत ज्यान गएको छ । मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षा जिम्मा पाएको ‘गार्दा वर्ल्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीका गार्ड भएको बुझिएको छ ।

अफगानिस्तानमा भारतको दिल्ली दुतावासले हेर्ने गरेका कारण सूचनामा ढिलाई भएको छ ।  अमेरिका र विद्रोही तालिवानी समूहबीच सहमति भएको समयमै तालिवानी समूहले काबुलको ग्रीन भिलेज क्याम्पमा बम विष्फोट गराएको थियो ।
उक्त विष्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको थियो । ११९ जना घाइते छन् ।