९ मंसिर २०८१, आईतवार
एजेन्सी- एक समाचार वाचिकाले समाचार पढदापढ्दै अकल्पनीय घटनाको सामना गरेकी छिन्। युक्रेनमा एक महिला समाचार वाचिकाले प्रत्यक्ष समाचार वाचन गरिरहेका बेला उनको एउटा दाँत फुस्किएको छ।
ती समाचार वाचिका नाम मरिच्का पाडाल्को हो। उनले आफ्नो त्यो घटनाको भिडियो आफ्नो इन्स्टाग्राममा अपलोड गरेकी छिन्। उनले उक्त भिडयो पोस्ट गर्दै उनले भनेकी छिन्, ‘यो मेरो समाचार वाचिकाको रुपमा २० वर्ष काम गर्दाको सबैभन्दा अकल्पनीय र अनौठो अनुभव हो।’
उनले आफ्नो दाँत झर्दा समेत कुनै आश्चर्य नमानीकन समाचार पढ्दा साथीहरुले ‘तिमीले त दिनहुँ आफ्नो दाँत झर्छ जस्तो पो गर्यौ’ भनेर प्रतिक्रिया दिएका छन्।
दाँत फुस्किँदा समेत उनले समाचार वाचन पूरा गरेकी थिइन्। उनको त्यो दाँत फुस्किएको दृश्यले समाचार हेरिरहेका सर्वसाधारण भने भावुक बनेका थिए।