९ मंसिर २०८१, आईतवार
काठमाडौं : नायक भुवन केसीलेनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेका छन्। केसीले १० करोड क्षतिपूर्ति माग गर्दै शाहविरूद्ध मुद्दा दर्ता गरेको जिल्ला अदालतका सूचना अधिकृत ज्ञानबहादुर कार्कीले जानकारी दिए।
केसीले निवेदनमा आफूलाई साम्राज्ञीले बेइज्जत गरेको उल्लेख गरेका छन्। ‘विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा साम्राज्ञीले आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै अभिनेता भुवन केसीले मुद्दा दर्ता गर्न ल्याउनु भएको थियो, दर्ता भएको छ,’ सूचना अधिकारी कार्कीले बताए । ड्रिम्स फिल्मको सुटिङका क्रममा भुवनले दुव्र्यैवहार गरेको साम्राज्ञीको आरोप थियो । तर भुवनले उनको आरोप इनकार गर्दै आएका थिए ।