लुुुुम्बिनीमा वातावरण मैत्री सवारी सञ्चालन हुने

होमल्याण्ड खबर

२०७५ जेष्ठ २७ गते, आईतवार ०६:१६ मा प्रकाशित

 

बढ्दो प्रदूषणबाट जोगिनका लागि लुुुुम्बिनीमा अब विद्युुुुतीय सवारी सञ्चालन हुुुुने भएको छ । भारतमा पहिलो पटक उत्पादन भएका विद्युुुुतीय सवारीसाधन लुुुुम्बिनी क्षेत्रमा गुुुुड्ने भएका हुुुुन् । लुुुुम्बिनी क्षेत्रमा प्रदूषणरहित सवारीसाधन सञ्चालन गर्ने लुुुुम्बिनी विकास कोषको योजनाअनुुुुसार एसियाली विकास बैंक ९एडीबी० को सहयोगमा विद्युुुुतीय सवारीसाधन गुुुुड्ने भएका हुुुुन् ।

भारतमा निर्मित विद्युुुुतीय सवारीसाधन लुुुुम्बिनीका लागि लोड भएका र असार पहिलो साता लुुुुम्बिनीमा आइपुुुुग्ने लुुुुम्बिनी विकास कोषका योजना प्रमुुुुख एवं निमित्त सदस्यसचिव सरोज भट्टराईले बताए । भट्टराईका अनुुुुसार ११ वटा कार र ७ वटा बस ल्याइने भएको छ । पर्यटन सेवामा प्रयोग गरिने सबै सवारीसाधन एसीजडित हुुुुनेछन् । लुुुुम्बिनीमा पर्यटन प्रवद्र्धनका लागि एडीबीले भैरहवादेखि लुुुुम्बिनी क्षेत्रमा सञ्चालन गर्न उक्त विद्युुुुतीय सवारीसाधन प्रदान गरेको प्रमुुुुख भट्टराईले बताए ।

निर्माणाधीन गौतमबुुुुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बुुुुद्धजन्मस्थल लुुुुम्बिनीसहित बुुुुद्धको जीवनीमा आधारित क्षेत्र कपिलवस्तुुुु, देवदह, रामग्राम आदिमा ती सवारी साधन सञ्चालन हुुुुनेछ । भैरहवा विमानस्थलदेखि लुुुुम्बिनी क्षेत्रमा प्रदूषणरहित विद्युुुुतीय सवारीसाधन सञ्चालन गर्ने लक्ष्य रहेको बताउदै भट्टराईले भने ‘हाललाई विमानस्थलको काम सम्पन्न नभएकाले बुुुुद्धसर्किटमा उक्त सवारीसाधन सञ्चालन गरिनेछ ।’ पछि बस सेवा थप गर्ने योजना रहेको छ ।

एडीबीले कोषलाई हस्तान्तरण गर्ने विद्युुुुतीय सवारी साधन निजी क्षेत्रलाई सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । कुुुुल २८ करोड रुपैयाँको लागतमा लुुुुम्बिनी क्लिन पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट नाममा उक्त योजनाअनुुुुसार विद्युुुुतीय सवारीसाधन आउन लागेका हुुुुन् । स्थानीय बासिन्दा र पर्यटक लक्ष्य गरी सञ्चालनमा ल्याउन लागिएका यी सबै सवारीसाधन सौर्य ऊर्जामार्फत चल्नेछन् । वातावरण प्रदूषण न्यून गर्दै यात्रीलाई स्तरीय प्रदूषणमुुुुक्त यातायातका साधनबाट गन्तव्यसम्म पुुुु¥याउने लक्ष्य लिइएको छ ।

विद्युुुुतीय सवारीसाधनका लागि लुुुुम्बिनी सोलार चार्जर स्टेसन निर्माण गरिने छ । त्यसका लागि टेन्डर आह्वान भए पनि निर्माण कार्य अगाडि बढेको छैन् । सोलार चार्जर स्टेसन निर्माण गर्न केही समय लाग्ने हुुुुँदा सवारीसाधन लुुुुम्बिनी आइपुगे पनि २०१९ को जनवरीदेखि मात्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको योजना प्रमुुुुख भट्टराईले बताए ।

प्रतिघन्टा ८० किमि गति रहेको विद्युुुुतीय बस एक पटक चार्ज गरेपछि २ सय किलोमिटरसम्म गुुुुड्न सक्छ । तीन चरणमा गरी ३ देखि ४ घन्टाभित्र सबै ब्याट्री चार्ज हुुुुन सक्छ । एअर सस्पेन्सर जडित सवारीसाधनमा एअर डिस्क ब्रेकसमेत रहेकाले अन्य सवारी साधनभन्दा सुुुुरक्षित, भरपर्दो र आरामादायी रहेको कम्पनीले जनाएको छ ।