३ जेष्ठ २०८३, आईतवार
आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
हरेक तीन वर्षमा पर्ने अधिकमासमा चन्द्रागिरी नगरपालिका–९ मा रहेको उक्त मन्दिरमा एक महिनासम्म मेला लाग्ने गर्छ । यो मेलालाई मत्स्यनारायण मेला पनि भनिन्छ । आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको मत्स्यनारायण मेला व्यवस्थापन समितिको संयोजक अच्युत अधिकारीरले राससलाई जानकारी दिनुभयो ।


मन्दिरसँगैको कुण्डमा स्नान गरी त्यसको मध्यभागमा रहेको भगवान् मत्स्यनारायणको दर्शन गरेमा पाप नास हुने जनविश्वास छ । साथै छालालगायत घाउ, खटिराको रोग पनि निको हुने मानिन्छ ।