८ मंसिर २०८१, शनिबार
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।
‘भोली १२:३० बजेमा हामी जयनगर पुग्नेछौँ, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रबन्धक झाले भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुबैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ ।’ उनका अनुसार उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुनेछ ।